Fast Nepal News

कर्णाली उत्सव ‘कुडा कर्नालीका’ सम्पन्न

banner single news


डायमण्ड जोशी।
कर्णाली प्रदेश, सुर्खेत, चैत २

कर्णाली चिन्तन’सँगै कर्णाली उत्सव ‘कुडा कर्नाली’को तेस्रो संस्करण सकिएको छ । शुक्रबार सुरु भएको उत्सवमा १२ फरक–फरक सत्रमाथि छलफल गर्दै आइतबार सम्पन्न भएको हो । २०७६ सालदेखि ‘कर्णाली उत्सव’ ‘कुडा कर्नाली’ बहस हुँदै आएको छ । बहस यहाँको आर्थिक, सामाजिक र राजनीतिक विषयमा केन्द्रित बन्ने गरेका छन् । उत्सवको आयोजना सुर्खेतस्थित ऋति फाउन्डेसनले गर्दै आएको छ ।

यसपटकको कर्णाली उत्सवको पहिलो सत्रमा ‘कर्णाली–भेरी सुसेल्दो छ,’ दोस्रोमा ‘बजार विकास र हजार निकास,’ तेस्रो ‘आरन अन्वेषण र आविष्कार,’ चौथोमा ‘लगानीमा लगाम,’ पाँचौँमा ‘झरो–उजेलोको खरो,’ छैटौँमा ‘कर्णाली–भेरी तीरैतीर भविष्यको पिर,’ सातौँमा ‘रैबार र रैला,’ आठौँमा ‘शून्य समय,’ नवौँमा ‘वादविवाद र संवाद,’ दसौँमा ‘विकासको बाटो,’ ११औँमा ‘उमेरको उमंग’ र १२औँमा ‘कर्णाली चिन्तन (दिगो विकास र कर्णाली)’ शीर्षकमाथि छलफल भएको आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले बताए ।

कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि आर्थिक समृद्धि नहुनु, सीमान्तकृत वर्गको उत्थान नहुनु, रोजगारी सिर्जना नहुनुका कारण पत्ता लगाउन, प्रदेश सरकारको कार्यशैली सुधार, विगतको समीक्षा तथा कर्णालीको भविष्यमाथि गहन बहस तथा आर्थिक मार्गचित्र तयार गर्न र समृद्ध कर्णालीको खाका कोर्ने उद्देश्यले कुडा कर्णाली आयोजना गर्दै आएको संयोजक लम्सालले बताए ।

Inside Article Ads

दुई वर्षमा उज्यालो बनाउने लक्ष्य
‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको दोस्रो दिन ‘झरो उज्यालोको खरो’ बहस भएको थियो । बहसमा जुम्लाका सांसद गजेन्द्रबहादुर महत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विउराबारी जलविद्युत् योजना जाजरकोटका अध्यक्ष निशा रानाबीच संवाद भएको थियो । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुसुरुमा सांसद र जनप्रतिनिधिहरूले पोल राजनीति गर्ने गरेको आरोप लगाए । ‘पूर्वतिरका जनप्रतिनिधिले त्यो वेला तपाईंले लोडसेडिङ अन्त्य गर्नुभयो । हाम्रो राजनीति पनि अन्त्य गर्नुभयो भने ।’ उनले भने, ‘कर्णालीमा अब झरो बाल्ने दिन दुई वर्षमै अन्त्य हुन्छ । योसँगै विद्युत्को राजनीति पनि अन्त्य हुन्छ ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.