Fast Nepal News

कर्णाली उत्सव ‘कुडा कर्नालीका’ आजदेखि सुरु

उत्सवमा कर्णालीको भाषा, साहित्य, समाज, रहनसहन, विकास, वातावरणलगायतका विषयमा विमर्श गरिने

banner single news

कर्णाली । डायमण्ड जोशी।
फाल्गुन २७, सुर्खेत

कुडा कर्णालीका भन्ने मूल नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण आज शुक्रवारदेखि सुरु भएको छ । ऋति फाउन्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव सञ्चालन हुनेछ ।

कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउन्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको उद्घाटन गर्दै प्रदेशका सभामुख राजबहादुर शाहीले गर्दै कर्णालीको विकास र समृद्धि हासिल गर्न यस उत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Inside Article Ads

कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले उत्सवमा कर्णालीको भाषा, साहित्य, समाज, रहनसहन, विकास, वातावरणलगायतका विषयमा विमर्श गरिने बताउनुभयो । उहाँले तीन दिनसम्म विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने जानकारी दिनुभयो ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.