Fast Nepal News

सर्वाेदय सेवाश्रमकाे १९ औ स्थापना दिवस सम्पन्न

banner single news

लमजुङ । साउन ८ सर्बोदय सेवास्रमको १९ औं स्थापना दिवस आज राइनास ५ तिनपिप्ले बिरौटा टोल स्थित दलित मैत्री सामुदायिक भवनमा सम्पन्न भयो ।

राइनास नगर प्रमुख सिंह बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि लगायत राइनास नगरपालिका सामाजिक समितिका सभापति स्वतन्त्र हमाल , वडानं १ का वडा अध्यक्ष रमेश न्यौपाने , वडा नं २ का वडा अध्यक्ष एवं सुशासन समितिका सभापति रामचन्द्र अधिकारी , वडा नं ५ का अध्यक्ष नन्दबहादुर कुमाल , शिक्षा एकाइ प्रमुख पुर्ण बहादुर अक्षामी , शिक्षा एकाइ शाखा अधिकृत पुर्ण बहादुर नेपाली , युवा सामाजिक कार्यकर्ता किरण गिरी र श्रकृण्ण पाैडेल ,सामाजिक बिकास शाखा प्रमुख सिता गैह्रे , स्वास्थ्य शाखाका लक्ष्मिप्रसाद सेढाई , प्रहरी चौकि इन्चार्ज लगायत बिरौटा टोल आमा समुह स्थानिय समुदायको उपस्थिति थियो ।सो कार्यक्रममा सर्बोदय सेवास्रमको बार्षिक गतिविधि र आर्थिक विवरण सार्बजनिक गरिएको थियो ।साथै सर्बोदय सेवाले समाज बिकास र समाज सुधारमा उल्लेख्य भुमिका खेलेको दलित मैत्री सामुदायिक भवन ब्यबस्थापन समिति लाई सामुदायिक सेवा सम्मान गरिएको थियो ।सर्बोदय सेवास्रमका जेष्ठ सदस्य गोविन्दमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णराज ओलियाले स्वागत एवं बार्षिक गतिविधि र लेखाअधिकृत बिजय मिस्रले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव सुकदेव रिसालले गर्नु भएको थियो ।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.