Fast Nepal News

लमजुङ जिल्ला प्रमुख र प्रहरी प्रमुख वाट सेवास्रमलाई सहयाेग

banner single news

लमजुङ श्रावण २ । प्रमुख जिल्ला अधिकारि होम प्रसाद लुंइटेल , प्रहरि नायब उपरिक्षक (डि यस पि )कृष्ण बहादुर कार्किकाे सम्युक्त पहलमा मानव सेवा अास्रमलाई सहयाेग प्रदान गरिएको छ । शनिबारको विदाकाे दिनमा पनि कार्यालयमा दैनिक प्रशासनिक सेवा नहुंदा जिल्ला भित्र रहेका मानवीय सेवाका लागि खाेलिएका सेवामूलक संस्थाका अनुगमन गर्नुका साथै मानविय सेवा र सहयोग गर्नु भएको कृष्णप्रसाद अाेलियाले जानकारी दिनुभयाे ।

यस क्रममा उहाहरुले ब्यक्तिगतरूपमा संकलन गरि चामल ५ बोरा , दाल, चिनि , चियापत्ति , नुन , मसला, तेल , आलु लगायत खाध्यान्न र व्याङकेट, म्याट , सेनिटाइजर , मास्क , फ़िंगर प्लस अक्सीमिटर र किटबक्स ( साबुन , ब्रस , मन्जन, डाइपर ,साबुन बट्टा , नेलकटर ,काँगियो आदि) आस्रममा रहनु भएका बाबा आमाहरुका लागि प्रदान गर्नु भएको छ ।

Inside Article Ads

यस पवित्र पुण्य कार्य गरि मानविय सेवा कार्यमा हौसला बढ़ाई दिनु भएकाेमा उहाँहरू प्रती अाफु खुसी भएको अाेलियाले वताउनु भयाे । केवल प्रसाशनिक कार्य मात्र नभई मानविय सेवा कार्यमा समेत पुर्ण मानविय भावका साथ संलग्न भएर कार्य गर्ने प्रशासन प्रमुखहरु लमजुंगले पाएकोमा गौरवान्वित भएकाे र उहाँहरुको राष्ट्रसेवा र मानवसेवा यात्राको सफलता र प्रगतिको मंगलकामना गर्नुभएकाे छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.