Fast Nepal News

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त।

मुख्यमन्त्री गुरुङको यो दाबी लाई विपक्षी गठबन्धनले अवैधानिक कदम भनेको थियो।

banner single news

प्रकाश कपाली। काठमाडौ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत छ कि छैन भनी प्रदेशसभामा विश्वासको मत लिएका थिए । प्रदेश सभामा विश्वासको मत लिएका गुरुङले विश्वासको मत गुमाएपछि स्वत पदमुक्त भएका थिए। स्वत पदमुक्त भएका मुख्यमन्त्री गुरुङले आफु पदमुक्त भएपछि वैकल्पिक सरकार गठनका लागि आग्रह गर्दै सरकार गठनका लागि पुनः दाबीसमेत गरेका थिए ‌‌। मुख्यमन्त्री गुरुङको यो दाबी लाई विपक्षी गठबन्धनले अवैधानिक कदम भनेको थियो। मुख्यमन्त्रीले विश्वासको मत गुमाएपछि विपक्षी दलका नेताहरुले ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेको थियो। मुख्यमन्त्रीमा आफ्नो दाबी प्रदेश प्रमुख समक्ष पेश गरेपछि देश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५ )बमोजिम नेपाली कांग्रेसका तथा विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल लाई आज गण्डकी प्रदेश प्रमुखमा नियुक्त गरेको छ। संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सकेमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै प्रदेश प्रमुखको कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीमा ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका नेपाली कांग्रेसका नेता यसमा चन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज सपथ लिएपछि केहीबेरमा मुख्यमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्ने र आजै केही मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कांग्रेसका १ जना, नेकपा-माओवादीका १ जना, स्वतन्त्र पार्टीका १ जना मन्त्री नियुक्त गरी मन्त्रिमण्डल विस्तार गर्ने भएको छ। जसपाका सांसद राजीव गुरुङ र स्वतन्त्र सांसद दिपक मनाङेले विनाविभागीय मन्त्रीको रुपमा आज शपथ लिँदैछन्। गण्डकी प्रदेशमा आज मन्त्रीमण्डल विस्तार भएपछि गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले प्रदेशका काम कारवाही कसरी अगाडी बढाउछ भन्ने कुरा हेर्नै बाँकी छ। गण्डकी प्रदेशमा नयाँ मन्त्रिमण्डल विस्तारको विषय आम चासोको पुगेकोविषय बन्न पुगेको छ।

Inside Article Ads
Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.