Fast Nepal News

दुधपाेखरी सेवासमाज काठमाडौंले गर्याे अाफ्नाे गाउँमा स्वास्थ सामग्री वितरण

विदेशमा भएका युवा र नेपालमै वसेर काम गरिरहेका युवाकाे सम्युक्त पहलमा पैसा उठाई खरिद गरिएको स्वास्थ सामग्री वितरण कार्य सम्पन्न भयाे

banner single news

लमजुङ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेविड १९ ले विश्व आक्रान्त भइरहेको बेला पुर्वी लमजुङको दुधपोखरी गाउपालिका पनि अछुतो रहन सकेन ।

उक्त गाउँपालिकामा दिनानुदिन बिरामीहरू थपिदै जाँदा गाउँनै प्रभावित भएको स्थानीय राजन दवाडीले वताए । गाउँपालिकाकाे ६ वटै वडामा फैलिएको काविड १९ राेग नियन्त्रण गर्ने उद्देश्यले कुनै नेताकाे आश नगरि स्थानीय युवा समाज र विदेशमा रहेका युवाहरूको सम्युक्त पहलमा स्वास्थ सामग्री खरिद गरि वितरण समेत गरेका छन् । उक्त कार्य सफल पार्न दुधपोखरी सेवा समाज काठमाण्डू र दूध पोखरी सेवा समाज काठमाण्डूको नेतृत्व मा देश विदेश बाट चन्दा सकलन गरी यन्टिजेन्ट टेस्ट किट्स, विविध औषधि, थर्मलगन्,अक्सिमिटर , पिपिइ लगायत अन्य स्वास्थ्य सामग्री वितरण गरिएको दूध पोखरी सेवा समाज का बरिष्ठ उपाध्यक्ष श्याम गुरुङ (मिन)ले वताउनु भयाे । वितरणका क्रममा सद्स्य ओम बहादुर भुजेल सहित गाउँका स्थानिय युवा र स्वास्थ कर्मिहरूकाे उपस्थिति थियाे । याे कार्यमा सहयाेग गर्ने सवैलाई सेवा समाजले धन्यवाद दिदै अागामिदिनमा यसरीनै विपत्तिका वेला एक भएर कुनै राजनिती नगरिकन गाउँको सेवामा लाग्न समेत अनुराेध गरेकाे छ ।
वितरणकाे फाेटाेफिचर

Inside Article Ads

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.