
सुमित्र भुजेल
गोरखा बारपाकमा शनिबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोरखा बारपाक भ्रमण गरेर लमजुङ फर्किदै गरेको ना ५ च ३२९८ नम्बरको जिप गोरखा राङरुङको भीरमा खस्दा दुधपोखरी गाउँपालिका वडा नं. २ विचौरका ५५ वर्षीय रामेश्वर न्यापाने र ४५ वर्षीय ठाकुर दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जना विचौरका स्थानीय बागेशश्वर माविका शिक्षक रहेको बताइएको छ । उक्त जीपमा ७ जना घाइते भएका छन् । घाइते हुनेमा सुशील नराल, अनिल मरहट्टा, विष्णु दवाडी, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् । उनीहरुमध्ये ३ जना पुरानो मेडिकल कलेज भरतपुर एक जना चितवन मेडिकल कलेज र अन्य स्थानीय गोर्खाको जिल्ला अस्पताल उपचार उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो । जिप राङरुङको भीरबाट करिब ६० मिटर तल दरौँदी खोलामा खसेको प्रहरीले जनाएको छ ।
