Fast Nepal News

मध्यपहाडि लोकमार्गमा हरियालीका लागि फलफुल रोपण कार्यक्रमको सर्भे प्रतिवेदन सार्वजनिक

banner single news

लमजुङ । राइनास नगरपालिका वडा नं ८ मा मध्यपहाडि लोकमार्गमा हरियालीका लागि फलफुल रोपण कार्यक्रमको फिल्ड सर्भे प्रतिवेदन सार्वजनिकिकरण आज सम्पन्न भयो । राइनास नगर प्रमुख सिंह बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले गर्नु भएको थियो ।यस कार्यक्रम जनता को सक्रियतामा सफल हुने हुनाले सबैले सक्रियताका साथ लाग्नु हुन अनुरोध गर्दै नगर पालिकाका तर्फबाट पुर्ण सहयोग गरिने नगर प्रमुख थापाले बताउनु भयो ।कार्यक्रममा उप प्रमुख धनकुमारि गुरुंग , प्रमुख प्रसाशकिय अधिकृत रामचन्द्र अधिकारी ज्युको विशेष आतिथ्यता थियो ।

Inside Article Ads

कार्यक्रममा मध्यपहाडी लोकमार्ग सडक आयोजना निर्देशनालय फिल्ड कार्यालय पालुंगटार गोरखाका प्रमुख रामबहादुर गुरुंग ज्युले सडक किनारामा हरियाली बायोईन्जिनियरिंग काम गर्ने निति सडक आयोजनाको रहेको हुनाले यस कार्यमा सहकार्य गर्न सकिने कुरा बताउनु हुँदै यो आयोजना मध्य पहाडि क्षेत्रलाई संबृद्द बनाउने उद्देश्यका साथ निर्माण भैरहेको बताउनु भयो । राइनास नगरपालिकाको सहयोग मा हिमालयन एग्रो टुरिजम कम्पनी प्रा ल बाट तयार प्रतिवेदन कम्पनीका प्रोजेक्ट मेनेजर चन्द्रमान श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यक्रममा कृष्णराज ओलियाले सहजीकरण गर्नु भएको थियो ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.