
लमजुङ । राइनास नगरपालिका वडा नं ६,७ र ८ भएर जाने मध्यपहाडि लोकमार्गमा दायाँ बायाँ हरियाली फलफुल रोपण गर्ने योजना सार्वजनिक भएको छ । राइनास नगरपालिकको सहयोगमा हिमालयन एग्रो टुरिजम कम्पनी प्रा लि ले दुई महिना लगाएर स्थलगत सर्भेक्षण गरि तयार प्रतिवेदन तयार पारेकाे हाे । वडा नं ६ र ७ का सरोकार वालाहरु समक्ष सार्बजनिक अाज एक कार्यक्रमको अायाेजना गरि सार्वजनिक गर्याे

। राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य अर्जुन भुजेलले अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा हिमालयन एग्रो टुरिजम कम्पनीका प्रोजेक्ट मेनेजर बरिष्ठ बाग़बानी विज्ञ चन्द्रमान श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख अतिथि नगर प्रमुख सिंहबहादुर थापाले यो कार्यक्रम नेपाल को लागि नै नमुना योग्य वातावरण मैत्री आयमुलक भएकोले नगरपालिकाले निरन्तर बजेट ब्य्बस्था गरि सहयोग गर्ने कुरा बताउनु भयो ।धमिलिकुवा रेन्जपोष्ट का ओमप्रकाश भुजेल , मोहन चिलुवाल र सामाजिक ब्यक्तित्व तुलसी नारायण श्रेष्ठले कार्यक्रम अति नै उपयोगि भएको यथार्थ तथ्यमा आधारीय रहेको छ, सफल पार्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण सर्बोदय सेवास्रमका अध्यक्ष कृष्णराज ओलियाले गर्नु भएको थियो ।
