Fast Nepal News

लमजुङमा डिजिटल टोकन प्रणाली शुरु

banner single news

सुमित्रा भुजेल

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ बेँसीशहर नगरपालिका वडा नं. ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई बिहिबारदेखि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले यस प्रशासन कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्रका लागि आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुवात गरेको हो ।

Inside Article Ads

क्व्होलासोथर गाउँपालिका वडा नं. २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाइएर शुभारम्भ गरिएको छ । त्यस्तै, बेँसीशहर नगरपालिका वडा नं. १ उदिपुरबाट आउनुभएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचय पत्र तथा यस नगरकै वडा नं. ६ वेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिनुभएको थियो । तीन जना सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओडारले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताउनुभयो । त्यस्तै, उहाँले जिल्ला प्रशासान फाँटको अभिलेख शाखालाई पहिला भन्दा व्यस्थित बनाइएको बताउनुभयो । यस कार्यालयमा यी तीन वटा सेवाका लागि मात्र दैनिक २०० जनाको हाराहारीमा सेवाग्राहीहरु आउने गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

सेवा लिन यहाँ आइपुगेका सेवाग्राहीलाई लाइनमा नराख्न तथा पालो मिलाउनका लागि डिजिटल टोकन प्रणालीले सहयोग पुग्ने हुँदा सेवा प्रवाहमा समेत छिटो छरितो तथा सरल सहज हुने उक्त कार्यालयले जनाएको छ । नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाको लागि आएका सेवाग्राहीहरुले यहँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नम्वर पाउने प्राप्त गर्ने छन् भने, सोही नम्वरको आधारमा पालै पालो सेवाग्राहीहरुले जिल्ला प्रशासनबाट विभिन्न सेवा प्राप्त गर्नेछन् । यस प्रणालीबाट सेवाग्राहीको भीडभाड कम हुने र कोभिडको संक्रमण न्यून हुनुका साथै विभिन्न लाग्न तथा सर्नबाट बच्न सकिने भएकाले यस प्रणालीले सेवाग्राहीको स्वास्थ्यमा समेत टेवा पुग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ मा शाखा रहेको ग्लोबल आइएमई बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत यस टिजिटल टोकन प्रणाली सहयोग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.