Fast Nepal News

सुन्दरवजार नगरपालिका वडा नं १ को अध्यक्ष सुर्य बहादुर दुराद्धारा वडामा रहेको गडीमाई मन्दिरको शिलान्यास

banner single news

सुमित्रा भुजेल
फागुन ६,बेसीशहर ।
सुन्दरवजार नगरपालिका वडा नं १ का अध्यक्ष सुर्य बहादुर दुराले वडामा रहेको गडीमाई मन्दिरको शिलान्यास गर्नुभएको छ । २०७२ सालको भुकम्पका कारण जिर्ण भएको मन्दिरलाई निर्माणका लागि वडाअध्यक्ष दुराले शिलान्यास गर्नुभएको हो ।

मन्दिर शिलान्यास गर्दै भुकम्पका कारण क्षतिग्रस्त मन्दिरलाई चाडै पहिलेकै अवस्थामा ल्याउन सवै मिलि लाग्नुपर्ने बताउनुभयो । धार्मिक तथा पर्यटनका महत्व रहेको यस मन्दिरलाई निर्माण गरी यस क्षेत्रमा पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्दिर निर्माण समितिका कोषध्यक्ष सन्तोषी गौलीका अनुसार वडाको १५ लाख बजेटमा मन्दिर निर्माण गर्न लागिएको हो । पुननिर्माण प्रधिकरणबाट पनि ५० हजार बजेट आएकोमा पिल्लर मात्रा उठाउन पुगेको र निर्माणमा आर्थिक समस्या भएपछि निर्माण कार्य रोकीएको थियो । पछि वडामा बैठक बसी मन्दिर निर्माणका लागि रकम छुट्य संगै निर्माण कार्य थालनी गरिएको हो ।
जनक बस्नेतको अध्यक्षतमा ९ सदस्यीय समिति बनाई निर्माण कार्य थालनी गरिएको छ । निर्माण कार्य बैशाख मसान्तसम्ममा सकाउने लक्ष्यका साथ कार्य सुरु गरिएको छ । मन्दिर दुर्गम ठाउँमा भएकाले बर्खामा यातायात तथा समान ढुवानीमा समस्या पर्ने भएकाले समयमै काम सम्पन्न गर्ने उदेश्यका साथ निर्माण कार्य गरिएको छ ।

Inside Article Ads

कोषध्यक्ष गौलीका अनुसार गडीमाई मन्दिर धार्मिक महत्वका साथै पर्यटकीय दृष्टीले पनि धेरै महत्व रहेको छ । यस मन्दिरबाट लमजुङका प्राय सवै ठाउँहरु देखिने भएकाले पर्यटकका लागि निकै रमणीय स्थल रहेको बताउनुभयो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.