Fast Nepal News

अघि बढ्दै मध्यपहाडी लोकमार्ग सडकको निर्माण कार्य

banner single news

सुमित्रा भुजेल
माघ २९,बेसीशहर ।
पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डमा सडक निर्माण तथा कालोपत्रे कार्यले तीव्रगति लिन थालेको छ । विसं २०७२ बाट निर्माण कार्य थालनी भएको यस सडकखण्ड अन्तर्गत लमजुङ खण्डमा साँढे ४८ किलोमिटर भाग ओगटेको छ ।
यस सडकले जिल्लाको राइनास नगरपालिकास्थित लमजुङ र गोरखाको सिमाना चपेनदीदेखि सुन्दरबजार नगरपालिका हुँदै मध्यनेपाल नगरपालिकासम्मको भाग ओगटेको छ । यस जिल्लामा मध्यहाडी लोकमार्ग सडकको हालसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा साँढे ३७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । सम्पन्न सडकमध्ये साँढे १४ किलोमिटर मात्र हालसम्म कालोपत्रे सम्पन्न भएको छ । चेपेनदी पाउँदीसम्म ११ किलोमिटर र रातोमाटो किरेन्चेखण्डको साँढे ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाको वडा नं. ७ देखि वडा नं. ५ सम्म पर्ने पाउँदीदेखि किरेन्चेसम्मको ८ किलोमिटर बिवादका कारण काम हुन सकेको थिएन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ लगायतको टोलीले सो नगरका प्रमुख, जनप्रतिनिध तथा प्रमुख जिल्ला अधिकारीसँगको एक सहमति भएपछि डिपिआर गर्न दिन तयार भएको थियो । सोही सहमति अनुसार हालै डिपिआरअन्तर्गत पहिलो काम सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख गुरुङको भनाई छ । त्यस्तै, किरेन्चेदेखि रातोमाटोसम्मको १६ किलोमिटरखण्डमध्ये साढे ३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यस भागमा नाली निर्माण, कालोपत्रे गर्नका लागि बेस राख्ने लगायतको कामहरु भइरहेको छ ।
हालसम्म यस भागका भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इन्जिनियर बबिता शर्माले बताउनुभयो । उहाँका अनुसार सोही रातोमाटो देखि मिदिमखोलासम्मको ७ किलोमिटरको भागमा निर्माण कार्य अघि बढिरहेको छ । यस भागको चार किलोमिटरमा काम भइरेपनि तीन किलोमिटरमा भने करिब ७ वर्षदेखिको विवादित बन्दै आएपनि यहाँ पनि अब भने काम अघि बढ्ने तयारी भएको बताइएको छ । जिल्लामा उक्त पाउँदीदेखि किरेन्चेको ८ किलोमिटर र यस रातोमाटोदेखि मिदिमखोलाकोखण्डमध्ये ३ किलोमिटर गरी ११ किलोमिटरमा लामो समयदेखि विवादित रहेको थियो । कोभिड– १९ का कारण बिजुलीको पोल विस्थापनमा ढिलाइ, ठेक्का सम्झौतामा ढिलाइ र स्थानीयको अवरोधका कारण लक्ष्यअनुसार सडक निर्माणले गति लिन नसकेको र अब भने निर्माणले गति लिने मध्यपहाडी लोकमार्गका आयोजना गोरखाका इन्जिनियर शर्माले बताउनुभयो ।
उहाँको अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा यस चालू आवभित्रमा ३० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको उक्त कार्यालयले जनाएको छ । यस लक्ष्यअनुसार उक्त किलोमिटरमा कालोपत्रे भएमा यस चालू आवसम्ममा जिल्लामा साढे ४४ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनेछ । त्यस्तै, ४ किलोमिटर भने कालोपत्रे हुन बाँकी हुनेछ । यी हाल ठेक्का लागेर काम भइरहेको किरेन्चेदेखि रातोमाटोसम्मका लागि ३५ करोड ८८ लाख ३ हजार ४४१ रुपैयाँ लागतमा निर्माण कार्य अघि बढिरहेको आयोजनाका इन्जिनियर शर्माको भनाई छ ।
त्यस्तै उहाँका अनुसार रातोमाटोदेखि मिदिमखोलासम्मको लागि १५ करोड २९ लाख १८ हजार ७०४ रुपैयाँ रहेको र यी दुबै सडकको काम स्वच्छङ्ग शंकर मालिक खानीदेवी निर्माण व्यवसायीले गरिरहेको छ । जिल्लामा यसरी करौडौका सडक त्यही माथि राष्ट्रिय गौरवको यस आयोजना निर्माणले स्थानीयहरु हर्षित भएका छन् ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.