Fast Nepal News

दोर्दीखोला जलविद्युतको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न 

banner single news

 

सुमित्रा भुजेल

माघ २८,बेसीशहर । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको ४ प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजना पोजेक्ट म्यानेजर मुन्ना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेकानिकल, इलोट्रोनिमेकानिकल, पाइप विच्छाउने, टनेलको केही केही काम बाँकी छ, यीमध्ये पाइप विच्छाउने र टनेलको काम फागुनभित्रै सकिन्छ । ३ हजार २०० मिटर पाइप विच्छाउनमध्ये ३ हजार १०० मिटर विच्छाउने कार्य सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

Inside Article Ads

निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप्दै अघि बढ्दै गरेको यस आयोजनाले गत पुस महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर कोभिडका कारणले निर्माण कार्य प्रभावित भएकाले केही समय निर्माण कार्यले गति लिन नसक्दा निर्माण अबधि समेत लम्बिएको आयोजना साइट इन्चार्ज दिपक ज्ञवालीले बताउनुभयो । बाँधस्थल लगायतका अधिकांश काम सम्पन्न गर्दै फिनिसिङको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उहाँको भनाई छ । आयोजनाको बाँधस्थल २१२ मिटर ग्रसहेड रहेको यस आयोजना बेँसीशहर नगरपालिका–११ रामचोक बेँसीमा विद्युतगृह रहेको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको थियो भने, विसं. २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर नाकाबन्दी, अघिल्लो वर्खामा विद्युतगृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले जनाएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण कार्य सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो । तर कोभिड–१९ का कारण लकडाउनले निर्माण कार्यलाई प्रभाव पार्दा उक्त मितिमा समेत निर्माण कार्य सम्पन्न हुन सकेन ।

सो पछि समय थप गरेर गत पुस महिनासम्म निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य थियो । सो लक्ष्य पनि लक्ष्यमै मात्र सीमित हुन पुगेपछि फेरी समय थप गर्दै आगामी चैतभित्र निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ । शुरुमा ४ अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण कार्य थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले ४ अर्ब ६० करोड रुपैयाँसम्म खर्च हुन सक्ने आयोजनाको अनुमान रहेको छ । यस आयोजनामा गैरआवसीय नेपाली सङ्घको ३५ दशमलव ७ प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीबीच विसं. २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । यस आयोजनाको बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छ«े मेटल एन्ड मेसिनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको जिम्मामा थियो ।

यस आयोजना बाहेक अन्य चार जलविद्युत आयोजनाले यस दोर्दी करिडोरमै निर्माण कार्य अगाडी बढाई रहेका छन् । तीमध्ये पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको ४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् । यस दोर्दी करिदोरमा निर्माणाधीन पाँच आयोजना करिब २४ अर्ब लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आगामी चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्य समेत राखेको छ । त्यस्तै, जिल्लामा केही आयोजनाहरु निर्माण हुने प्रक्रियामा रहेका छन् । त्यस्तै, केही आयोजनाहरुले निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्दै आइरहेका छन् ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.