Fast Nepal News

स्थानीय महिलाहरूलाई स्वरोजगारतर्फ प्रोत्साहन

banner single news

लम्जुङ — सुन्दरबजार नगरपालिकाकाे वडा नं. २ र सामाजिक विकास कार्यालयकाे संयुक्त समन्वयमा सञ्चालन भएको चप्पल बनाउने सीपमूलक तालिमको समापन एक विशेष समारोहकाे बीच सम्पन्न भएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन कुमार श्रेष्ठ रहनु भएको थियो। कार्यक्रममा अध्यक्षता सामाजिक विकास कार्यालयकी प्रमुख मिता कुमारी थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सिर्जना पौडेलले गर्नु भएको थियो। समापन समारोहमा वडाध्यक्ष गुरुङले सीप आधारित तालिमहरू महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलताका लागि महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमको निरन्तरताका लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो। तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट सिकेका सीपहरू भविष्यमा उपयोग गर्दै आफ्नै साना व्यवसाय सुरु गर्ने योजनाबारे उत्साहपूर्वक अभिव्यक्ति दिएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सफलताको शुभकामना व्यक्त गरिएको थियो।

Inside Article Ads
Visited 39 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.