
माधब पौडेल । तनहुँ । अमेरिका र दमौलीका रोटरी क्लबको सक्रियतामा व्यास नगरपालिका वडादनं ५ को चुँदेरमा १ करोड १६ रुपैयाको खानेपानी योजना निर्माण हुन गईरहेको छ । खानेपानी योजनाका लागि अमेरिकाको होनोलुलुस्थित रोटरी क्लब अफ होनोलुलुले ८८ लाख ८१ हजार रुपैयाँ र रोटरी क्लब अफ दमौलीको ३ लाखको सहयोगमा उक्त योजना बनाउन लागिएको हो । अायोजनाको लागि बाँकी रकम स्थानीय सरकारले उपलब्ध गराउनेछ । स्मार्ट सिभिल कन्सल्टेन्सिले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई वुधवारएक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । उक्त अवसरमा नगरप्रमुख न्यौपानेले
खानेपानीका लागि रोटरी क्लबले गरेको सहयोग महत्वपूर्ण रहेको र त्यसलाई सफल पार्न स्थानिय निकायको तर्फबाट पुरापुर सहयोग रहने बताउनुभयो । योजनालाई सफल उदाहणिय बनाउनको लागि कुनै कसर नराखिने उक्त अवसरमा रोटरी क्वल अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताउनुभएको थियो । व्यास नगरपालिका ५ चुदेर, रानिटारी र नेपालटार गाउँका दुई सय २९ घरधुरी निर्माण गर्न लागिएको खानेपानी योजनाबाट लाभान्वित हुने बताइएको छ ।