Fast Nepal News

भगवान अधिकारीको नेतृत्वमा राहत वितरण सम्पन्न

करिब ५ सयका लागि सुगर फ्री भिटामिन बी कम्प्लेक्स ,जुकाको औषधि अल्डोज ,सिटामोल ,एन्टिबायोटिक ,रुघाखोकीको औसधि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएको छ

banner single news

काभ्रे । असार ४। नेपाली कांग्रेसका युबा नेता भगवान अधिकारीले काभ्रेको बेथानचोक गाउँपालिकाका सम्पुर्ण वार्डका वृद्ध र बालबालिकाका लागि आवश्यक औषधि बितरण गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुरका नेता सन्तोष भट्टराई संचालक रहेको औसधि कम्पनीले बजारमा अति सर्टेज औसधिहरु उपलब्ध गराएको हो । करिब ५ सयका लागि सुगर फ्री भिटामिन बी कम्प्लेक्स ,जुकाको औषधि अल्डोज ,सिटामोल ,एन्टिबायोटिक ,रुघाखोकीको औसधि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई हस्तान्तरण गरिएको छ ।नेपाली कांग्रेसस्थानीय तह समन्वय केन्द्रीय बिभाग सदस्य भुवन खड्का (रामेछाप ) समेतको उपस्थितिमा सम्पुर्ण वार्डमा पुर्याउनका लागि वार्ड -२अध्यक्ष भगवान घिमिरे ,३का दिलबहादुर श्रेष्ठ ,४का लालबहादुर श्रेष्ठ ,समाजसेवी राजेश तिमल्सिना ,मोट्प्रसाद सापकोटा ,बिनोद तिमल्सिना ,डिग्मान लामा,उत्तम अधिकारी ,कुमार घिमिरे ,र स्वस्थ्य शाखा प्रमुख प्रमोद तिमल्सिना ,दुर्गा पोखरेल लगायतले तत्काल बस्ती बस्तीमा औसधि पुर्याउने बताएका छन् – नेता भट्टराईले आवश्यकता अनुसार औसधि सहयोग गर्न तयार रहेको बताएका छन् ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.