Fast Nepal News

आज नेवार समुदायले सिठी नंख मनाउदै

वर्षा र सहकालका देवताको पूजा अर्चना गर्नाले उब्जनी राम्रो हुने धार्मिक पुजा गरेर नेवार समुदायले मनाउदै छन्

banner single news

प्रकाश कपाली। काठमाडौं विश्वमा फैलिरहेको कोरोना भाइरसको महामारी को अवस्थालाई मध्यनजर गर्दै आज नेवार समुदायका व्यक्तिहरूले सिठी नंख मनाउदै छन्। सहकाल र वर्षाका देवता कुमारको पूजाअर्चना गर्दै आज नेवार समुदायका व्यक्तिहरुले यो पर्व मनाउँदैछन्। वर्षायामको सुरु भएलगत्तै विभिन्न प्रकारका रोगहरुबाट आफू जोगिनका लागि घर ,आँगन, आफ्नो क्षेत्रमा भएका पानीका मुहानहरु सफा गर्दै आज नेवार समुदायका व्यक्तिहरुले सिथी नंख पर्व मनाउँदैछन्। धर्मसँग मात्र आस्था राख्ने यो पर्वले प्रकृतिसँग पनि मानिसको निकट सम्बन्ध कायम गर्ने नेवार समुदायका व्यक्तिहरु बताउँछन्। वर्षा र सहकालका देवताको पूजा अर्चना गर्नाले उब्जनी राम्रो हुने धार्मिक आज नेवार समुदायले सिठी नंख मनाउदै। प्रकृतिलाई माया गर्ने, प्रकृतिको संरक्षण गर्ने, घर वरिपरिको क्षेत्र सरसफाई गर्ने, रोपाइँ को कामहरु शुरु गर्न शुभारम्भ भएको यो पर्वले मानिस र प्रकृतिलाई एक साथी बनाएको इतिहासविद् र संस्कृतिविद्हरुको तर्क छ। पानीका मुहानहरु सफा गर्ने, भगवानकोआराधना गर्ने मिठा मिठा परिकारहरु बनाएर साँझमा प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको नेवार समुदायका व्यक्तिहरु बताउछन्। प्रकृति, धर्म र मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पर्वको महत्व रहेको संस्कृतिविद् हरु बताउँछन्। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदनण्ड अपनाउँदै नेवार समुदायले सिथी नंख पर्व मनाउँदैछन्।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.