
२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको वताउदै थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको कामकाे थालनी भैसकेको भन्दै छिट्टै सकिने बताए । देश सुरुङमार्गमा अाफुले नै प्रवेश गराएको बताएका छन् । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताए ।
‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ, काठमाडौंको नरायणहिटीमा आयेजित जनसभामा उनले भनेका छन् ।उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताए ।प्रधानमन्त्री ओलीले सरकारले खोला र नदीका तुइनहरु विस्थापित गराएको पनि बताए । उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको र दिनदिर्नै सबस्टेस्नको निर्माण सकेर उद्घाटन भइरहेको बताए ।
४/४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।
केही दिनभित्रै रेल चल्ने भन्दै भारतसँग रक्सौल काठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताए ।
प्रधानमन्त्री ओलीले पञ्चेश्वर जलविद्युत आयोजना आगामी वर्षबाट बन्न सुरु गर्ने भन्दै दोधाराचाँदनीमा अर्को वर्षबाट १० क्युमेक्स पानी सिँचाइका लागि पुग्ने बताए ।
पूर्वपश्चिम रेलमार्ग बनाउने र पूर्वपश्चिम राजमार्गलाई चौंडा बनाउने काम काम भइरहेको भन्दै उनले लगायतका पूर्वाधारहरु बनाइएको बताए ।
तराईमा हुने डुबान भारतसाग कुरा गरेर हटाएको दावी गर्दै उनले हुलाकी राजमार्ग निर्माणको काम लगभग सकिएको बताए ।
