
प्रकाश कपाली
काठमाडाै । शोभा भगवती मन्दिर र सँगै वनेकाे सहिद स्मारक पार्क संरक्षणकाे अभावले भद्रगाेल हुदै जादा स्थानिय वासि र धर्मालम्विहरू चिन्तामा परेका छन् । पार्कमा शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए । उनिहरूकै संझनामा याे पार्काे निर्माण गरिएकाे हाे ।
नेपालको पहिलो पार्टी नेपाल प्रजापरिषद्को नेता एवं सहिद हरुले प्रजातन्त्रको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। विगतका समयहरुमा राणाहरुले देशमा शासन गर्दथे। परिणामस्वरूप प्रजापरिषद पार्टी स्थापना भयो। शासनको विरोध गर्दै आन्दोलनमा लागेका ती व्यक्तिहरुलाई राणा शासकहरुले रुचाएनन्। त्यसैले उनीहरुले गरेको विरोधले राणाशासकहरु प्रजातन्त्रमा आस्था राख्ने व्यक्तिप्रति चिढिएका थिए। दशरथचन्द शास्त्री , धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भक्तराज आचार्य गंगालाल श्रेष्ठ जस्ता शहीदहरुलाई विरोधि भनेर शासकहरुले मृत्युदण्डको सजाय सुनाएका थिए। 

उनले गरेको कामको कदर गर्दै नेपाल सरकारले प्रजातन्त्रको स्थापनाका लागि सहिद भएका दशरथ चन्द गङ्गालालको हत्या गरेको स्थानमा सालिक निर्माण गरिएको छ इतिहासमा उल्लेख गरिएकाे छ । प्रत्येक वर्ष माग १६ गतेका दिन सरकारले शहिदहरुले सालीकमा माला लगाइदिन्छन्। यसको साथै सहिद दिवसको अवसरमा कार्यक्रमहरू मनाउने गरिन्छ। नागरिक स्वतन्त्रता का लागि उनले गरेको योगदानको कदर के यतिमामात्र सिमित हाे त? नागरिकले याे प्रश्न साेध्ने गरेका छन् । शोभा भगवती स्थानमा जाँदा ती स्थानमा सहिदहरु मारिएका थिए भन्ने कुरालाई देशका नागरिकहरू सम्झना गर्दछन्। सहिद मारिएको ठाउँ र यहाँको नजिकैको स्मारक हेर्दा माघ १६ गतेका दिन नागरिकका मन भावना राष्ट्रभक्ति को भावनाले ओतप्रोत हुन्छ। त्यसैले हामीले सहिदहरूको उनको स्थानमा मारिएका हुन् यसको बारेमा विस्तृत रूपमा खोजी गर्नु अति नै आवश्यक छ। जसले गर्दा बिगतका इतिहासको जानकारी हुन्छ।
