Fast Nepal News

राजावादीद्वारा हेटौंडामा विशाल र्यालीसहित जनप्रर्दशनी

banner single news

हेटौंडा । राजावादीहरुले  हेटौंडामा विशाल रयाली निकालेर जनप्रर्दशनी गरेका छन् ।  राजावादी मोर्चाद्वारा आयोजना गरिएको विशाल जनप्रर्दशनीमा हजारौको सहभागिता रहेको थियो ।

करिव १ हजार ५ सय बढी मोटरसाइकलमा १ सय बढी कारको समेत रयालीमा सहभागिता थियो ।

हेटौंडाको सानोपोखरावाट दिउँसो  ४ बजे सुरु भएको मोटरसाईकल रयाली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक,कमाने,नागस्वती चोक,गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Inside Article Ads

जनप्रदर्शनमा राजा ल्याउ देश बचाउ, गणतन्त्र धोका हो राजतन्त्र जिन्दावाद, २०४७ सालको संबिधान लागु गर गणतन्त्र खारेज गर भन्ने नारा सहितको जनप्रर्दशनले  हेटौँडा सहित मकवानपुरको मुख्य सडक तताएको थियो । हजारौ मानिस सडकमा उत्रिएपछि हेर्नेहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.