काठमाण्डौं, तारकेश्वर न. पा.वडा नम्वर २ अन्तर्गत झण्डापार्क देविस्थानमा नगर प्रमुख कृष्णहरी मर्हजन ज्यूको प्रमुख आतिथ्यमा वृक्षारोपण गरिएको छ ।
झण्डा पार्कको सौन्दर्य र वातावरण सन्तुलित राख्ने उद्देश्यले गरिएको वृक्षारोपण कार्यक्रम ता.न.पा वडा नं २ को संयोजकत्वमा र शिवपुरी राष्ट्रीय निकुञ्ज अन्तर्गत रहेको नेपाली सेनाको सहकार्यमा भएको हो।
कार्यक्रममा ता.न.पा-२ का वडा अध्यक्ष सहित वडा सदस्यहरु समाजसेवीहरु र स्थानिय तहका विभिन्न पार्टीका नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो l