तारकेश्वर नगरपालिकामा नागरिकलाई सहज सेवा दिनका लागि एक द्वार प्रणाली लागु भएकोछ ।
स्थानिय चुनाबमा युवा र जोशिला नगर प्रमुख कृण्ण हरि महर्जनको बिजय संगै तारकेश्वर नगरपालिकामा नगरबासीलाई सेवा सुबिधा दिने क्रममा निकै उत्साहितकामहरु देख्न सकिएको छ।
नगरको बाहिरी भागमा जीर्ण अबस्थामा रहेको भवनलाई मर्मत सम्भार गरि एकैछानामुनि दिन सकिने सेवाहरुलाई एकद्वार प्रणालीमा परिमार्जन गरिनुको साथै महर्जन नगर प्रमुख भए लगत्तै सेवा ग्राहीलाई सधै आफ्नो कार्यकक्षको ढोका खुल्ला राख्नुभएको हो । कतिपयलाई कार्यकक्षहल भित्र आफ्नो गुनासो राख्न असहज भएको महशुस भएता पनि आफु सार्वजनिक पदमा बसे पछि जनताको गुनासो सार्वजनिक स्थानमा नै सुनाउन सकिने कुरा नगर प्रमुखको रहेको छ।