काठमाडौ ।प्रकाश कपाली
काठमाडौँ महानगरपालिका वडा नं १५ मा आसन्न स्थानीय तहको निर्वाचनमा नवनिर्वाचित वडा अध्यक्षले का.म.पा का नवनिर्वाचित मेयर बालेन्द शाहले आमन्त्रण गर्नुभएको परिचयात्मक कार्यक्रममा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ।
बैठकमा बोल्नुहुँदै काठमाडौँको प्रमुख समस्या फोहोर भएको बताउनुभयो। फोहोर व्यवस्थापनमा स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
काठमाडौँमा फोहोर व्यवस्थापन समस्या अन्त्य नभएसम्म आफूले भत्ता नलिने बैठकमा घोषणा गर्नुभयो।
फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म कुनै बैंकबाट पैसा नपठाउनका लागि समेत उहाँले प्रतिनिधि बैठकमा भत्ता प्रदान गर्ने सम्बन्धित बैंकलाई आग्रह गर्नुभयो।