
प्रतिमा लामा महर्जन
ललितपुर चैत ५
पुल्चोकस्थित कलात्मक समय फल्चा विधीपुर्वक पुजा गरि अाज उद्घाटन गरिएको छ । संस्कृति नै हाम्रो पहिचान हो । परम्परागत र एतिहासिक महत्त्व बाेकेका सम्पदाको सम्रक्षण र प्रवर्धन गर्नु हामी सबैको दायित्व हो भन्दै अाज ललितपुर महानगर प्रमुख श्री चिरीवावु महर्जनले पुल्चोकस्थित कलात्मक समय फल्चा विधीपुर्वक पुजा गरि उद्घाटन गर्नु भएको छ ।

उक्त कार्यक्रममा महानगर प्रमुखले अाज विश्व सामु हामी परिचित नै हाम्रा वीर पुर्खा लगायत हाम्रा कला संस्कृतिको कारणले हो ।नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो र हामीले सबै जातजातिको संस्कृतिको सम्मान गर्नु पर्छ । संस्कृतिलाई जोगाउनु नै हाम्रो पहिचान हो भन्नू भयो । यसैगरी अन्य सम्पदाको पनि पहिचान गरि सम्रक्षण गरिने वताउनुु भयाे ।
