Fast Nepal News

काठमाडौंका सडकमा फाेहरै फोहोर, मेयर भन्छन्- छिट्टै व्यवस्थापन गर्छौं

काठमाडौं उपत्यकामा करिब एक महिनादेखि फोहोर उठेको छैन

banner single news

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडक र चोकमा केही दिनदेखि थुप्रेका फोहोर छिट्टै व्यवस्थापन हुने दाबी गरेका छन्।
फोहोर व्यवस्थापन गर्ने ठाउँसम्म पुग्ने सडक अविरल वर्षाका कारण बिग्रेको भन्दै महानगरले फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरिरहेको छ।
मेयर शाक्यले केही दिनदेखि वर्षाले सिसडोल ल्याण्डफिल साइटसम्म जाने सडक बिग्रेकोले नियमित रूपमा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको बताए। ‘सिसडोलसम्म जाने बाटो पानी परेकोले बिग्रेको छ। फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ उनले भने, ‘बाटोकै कारण फोहोर उठाउन नसकिएको हो।’
घरका फोहोर सडकमा थुप्रेका छन्। चोक र गल्लीहरूमा फोहोरले दुर्गन्धित छ। बञ्चरेडाँडामा निर्माणधीन ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत अध्ययन गरेर फर्किएपछि मेयर शाक्यले भने, ‘बञ्चरे डाँडामा निर्माणधीन स्यानिटरी ल्याण्डफिल्ड साइट जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण भएको अवस्थामा स्थायी रूपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ।’

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.