Fast Nepal News
Banner Below header

पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’

banner single news

 

काठमाडौँ, १७ वैशाख । काठमाडौँको लाजिम्पाटमा रहेको हस्पिटालिटी म्यानेजमेन्ट स्कूल ‘कोथिना मिठो छ’ पहिलो पिजा अर्डर गर्नेलाई ‘फ्री पिजा, फ्री डेलिभरी’ अभियान सञ्चालन गरेको छ ।

नयाँ भेरियन्टसहित विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको लकडाउनसँगै काठमाडौँ उपत्यकामा निशेषधाज्ञा जारी भएसँगै लाजिम्पाटमा रहेको कोथिना मिठो छ रेष्टुरेन्टले ग्राहकको सेवालाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरेको हो ।

Inside Article Ads

कोथिना मिठो छ संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र पोखरेलले लकडाउनका कारण आफ्नो रेष्टुरेन्टमा आएर सेवा लिन नपाएका लाजिम्पाट क्षेत्र र त्यसवरपर एक किलोमिटरका सेवाग्राहीलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । “सम्पूर्ण सुरक्षा सम्बन्धि मापदण्ड पुरा गरेर सुपथ मूल्यमा आफ्ना ग्राहलाई पिजा खुवाउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेका हौँ,”– सिईओ पोखरेलले भन्नुभयो ।

आजदेखि पहिलो अर्डर गर्ने १० जनालाई १० वटा फ्री पिजा, फ्री डेलिभरीसहित उपलब्ध गराउने र आगामी दिनमा सुपथ मूल्यमा पिजा उपलब्ध गराउने सिईओ पोखरेलले बताउनुभयो । पिजा पाउनका लागि कोथिना मिठो छ रेष्टुरेन्टको मोबाइल नं ९८६०६३३५३९ अथवा ९८१८४३९५७२ मा सिधा सम्पर्क गर्न सकिनेछ ।

कोथिना मिठो छ संस्थाले हाल सानो खालको पिजालाई रु २५५ देखि ठूलो पिजालाई रु ३७५ सम्म बेच्दै आएको छ । एक दशक पहिले काठमाडौँको लाजिम्पाटमा स्थापना भएको कोथिना मिठो छ रेष्टुरेन्टले वेरोजगार युवालाई होटल तालिमसँगै रोजगारी प्रदान गर्दै आएको छ । हालसम्म देशभरका २५ सय युवालाई तालिम प्रदान गरेको सिईओ पोखरेलले बताउनुभयो ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.