Fast Nepal News

प्लाष्टिकको झोलाको विकल्पमा वैकल्पिक झोला प्रयोग गर्नुपर्नेमा जोड

banner single news

सुमित्रा भुजेल
यहाँ प्लास्टिकको झोलाको विकल्पमा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । डिभिजन बन कार्यालय लमजुङको सहयोग तथा नेपाल पत्रकार महासंघ लमजुङको आयोजनामा आज बेँसीशहरमा आयोजित प्लाष्टिकको झोलाको विकल्पको रुपमा बैकल्पीक झोला प्रयोगलाई प्रवद्र्धन तथा प्रदुषण नियन्त्रण सम्बन्धि अन्तक्रिया कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
अन्तरक्रिया कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुहुँदै नगरपालिका प्रमुख गुमानसिंह अर्यालले फोहोर मैला व्यवस्थापनका लागि प्लाष्टिकको झोलाको रुपमा बैकल्पिक झोलाको प्रयोग अति महत्वपूर्ण उपाय रहेकाले यसको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । बातावरण प्रदुषण हुदाँ यसको असर नागरिक तथा बन्यजन्तुलाई पर्ने भएकाले समयमै उत्पन्न विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो । बातावरणलाई व्यवस्थित बनाउनका लागि राज्य समेत लाग्नुपर्ने बताउँदै उहाँले यसमा सबै एकजुट भएमा बातावरण प्रदुषण न्यूनिकरण हुने बताउनुभयो । नागरिकहरु फोहोर मैला गर्न नडराउने, फोहोर देखेपछि डराउने गरेका छन् । फोहोर व्यवस्थापनमा चुनौती रहेको र यसको समाधानतर्फ नगरपालिकापनि लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख लक्ष्मीदेवि अधिकारी, वडा न. १ का अध्यक्ष बलाराम श्रेष्ठ, २ का अध्यक्ष गणेश कडेल, ५ का अध्यक्ष बम बहादुर गुरुङ, ६ का अध्यक्ष भोज बहादुर रिमाल, ७ का अध्यक्ष गोविन्द बस्नेत, ८ का अध्यक्ष पवित्रा थापा,९ का अध्यक्ष शरद बराल, १० का अध्यक्ष पूर्णबहादुर थापा, पत्रकार महासंघका केन्द्रिय सदस्य नविनराज कुईकेल, गण्डकी प्रदेशका सदस्य कमला केसी लगायतले बातावरण प्रदुषण हुनुबाट रोक्न र मानिसमा विभिन्न प्रकारका रोगहरु लाग्नबाट मुक्त हुनका लागि प्लास्टिकको झोलाको विकल्पमा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.