
सुमित्रा भुजेल
डुमे्र बेँसीशहर सडक नजिकै लमजुङ बेँसीशहर नगरपालिका वडा नं. २ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ । संघीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेदिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको नागरिक आरोग्य सेवा केन्द्रको आज बँेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संयूक्त उद्घाटन गर्दै सञ्चालनमा ल्याइएको छ ।
नगर प्रमुख अर्यालले रोग लाग्न नदिने उपाएहरु अपनाउदै सकेसम्म शरिरलाई स्वास्थ्य राख्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अर्यालले आयुर्वेद विधिबाट गरिने उपचार सबैभन्दा प्रभावकारी विधि भएको र योसँगै गरिने योग र अभ्यासहरुले शरिरलाई स्वास्थ्य राख्न सहयोग पुग्ने भएकाले यसको फाइदा स्थानीयलाई लिनलाई आग्रह गर्नुभएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले नागरिक स्वास्थ्य भएमा मात्र देशले समृद्धि हासिल गर्न सकिने भएकाले यस केन्द्रले समेत मदत पुग्ने बताउनुभयो ।
जिल्ला आयुर्वेद लमजुङका अध्यक्ष भूपालबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष गणेश कंडेलले स्थानीयबासीको स्वास्थ्य र सुविधालाई ध्यानमा राखि नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको बताउनुभयो । यसबाट वृद्ध–वृद्धा र उपचारका लागि टाढा जान नसक्नेले थप फाईदा लिन सक्ने वडाध्यक्ष कंडेलको भनाई छ । त्यस्तै, जिल्ला आयुर्वेद केन्द्रका निमित्त प्रमुख सावित्र न्यौपाने, वरिष्ठ वैद्य प्रेमप्रसाद पौडेल लगायतले यसबाट स्थानीयले आयुर्वेदका माध्यमद्धारा स्वास्थ रहन सक्नेमा जोड दिनुभयो । वरिष्ठ वैद्य पौडेलका अनुसार नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै निशुल्क टिकट, ओपिडी, २३ प्रकारका निशुल्क औषधी, नगरपालिकालाई रशायन औषधी, पंचकर्मा अन्तरगत स्वेदन र स्नेहन तथा स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम संचालन गरिने भएको छ । यस केन्द्रमा चौथो तहको वैद्य उद्रबहादुर चौधरी र एक जना कार्यालय सहयोगी ईश्वरी बोहोरा दिक्षित रहुनभएको छ ।
आयुर्वेदिक पद्धतीबाट रोग लाग्न नदिने र राग लागेपनि आयुर्वेदक औषधीबाट उपचार हुने हुँदा अस्पतालमा पहंगोमा उपचार गर्नु नपर्ने भएको छ । जिल्लाको सिफारिशमा संघिय सरकारले लमजुङको ३ स्थानमा नागरिक आरोग्य सेवा केन्द स्थापना गर्नेमध्य पहिलो पटक यस केन्द्र स्थापना गर्दै सञ्चालनमा ल्याइएको बताइएको छ । अब छिट्टै क्ब्होलासोंथर गाउँपालिका वडा नं. ३ घलेगाउँ र दुधपोखरी गाउँपालिका वडा नं. ५ कोल्कीमा पनि सेवा केन्द्र स्थापना गर्ने तयारी भइरहेको वरिष्ठ वैद्य पौडेलको भनाई छ ।
संघीय सरकारको सशक्त अनुदानको करिब २१ लाख रुपैयाँ बजेटबाट जिल्लामा यस चालू आवमा यस केन्द्रसहित ३ वटा केन्द्र स्थापनका हुने भएको छ । संघीय सरकारले जिल्लाका प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वरिष्ठ वैद्य पौडेलले बताउनुभयो
