Fast Nepal News

मन्त्री बस्नेतद्धारा उदिपुर –रिठ्ठेबगर –नौथरशेरा सडकको अनुगमन

banner single news

फागुन १३,बेसीशहर

सुमित्रा भुजेल

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतद्धारा निर्माणाधीन उदिपुर–रिठ्ठेबगर–नौथर शेरा सडकको अनुगमन गर्नुभएको छ । बुधबार दिउसो मन्त्री बस्नेतले बेँसीशहर नगरपालिका वडा नं १ उदिपुरदेखि दोर्दी गाउँपालिका वडा नं. ४ मा रहेको प्रदेश सरकारले सबै पालिकाको केन्द्र सडकले जोड्ने लक्ष्यअनुसार यस गाउँपालिकाको केन्द्र जोड्ने यस सडकको अनुगमन गर्नुभएको हो ।

उहाँले कालोपत्रे हुन लागेको यस सडकमा निर्माण भइरहेको विभिन्न खण्डअन्तर्गत उदिपुर, रामचोकबेँसी, चित्रेखोला लगायतको अनुगमन गर्नुभएको छ । यस सडक अनुगमन पश्चात् मन्त्री बस्नेतले यस सडकको काम सन्तोषजनक भइरहेको बताउँदै निर्धारित समयमै काम सम्पन्न गर्नलाई सम्बन्धित नियकालाई निर्देशन दिनुभएको छ । यस सडकको लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिवद्धता समेत उहाँले जनाउनुभएको छ ।

Inside Article Ads

त्यस्तै, मन्त्रीसँगै अनुगमन गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशमा प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडीले यस योजनालाई समयमै सम्पन्न गर्नका लागि समन्वय भूमिका निर्वाह गर्ने बताउनुभएको छ । अनुगमनकै क्रममा मन्त्री बस्नेतको निजी सचिव डोलाराज पराजुली, पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यालय प्रमुख गिरीले भन्नुभयो, हालसम्म यस सडक कालोपत्रे गर्नका लागि यस सडकमा ग्याविन हाल्ने, टेवा, पर्खाल, कटिङको काम भइरहेको छ । हालसम्म १० प्रतिशत काम सम्पन्न भएको उहाँको भनाई छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन यस सडक ७ दशमलव १२१ किलोमिटर कालोपत्र हुने भएको छ । सडकको लागत रु २६ करोड २९ लाख ६२ हजार २५१ रुपैयाँ रहेको छ । यस सडक कालोपत्रे, ग्याविन पर्खाल, पक्की नाली, हिमपाइप, सडक चौडाई गर्ने भएको छ । यस सडक निर्माणका लागि विसं. २०७७ असार ३ गते सम्झौता भएको थियो भने, सम्पन्न गर्नुपर्ने आगामी विसं २०७९ असार २ गते अर्थात् दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने हुन्छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गरेको छ । त्यस्तै, आज नै दोर्दी गाउँपालिका वडा नं.४ मा निर्माणाधीन किसेदी मोटरेवल पुलको समेत मन्त्री बस्नेतले अनुगमन गर्नुभएको छ । मन्त्री बस्नेतले यस पुलको अनुगमन गर्दै यथासिघ्र निर्माण कार्य सम्पन्न गर्नलाई ठेकेदारलाई निर्देशन दिनुभएको छ । यस पुलको निर्माण व्यवसायी मिलन खड्काका अनुसार हालसम्म दुई तर्फकै फिलर उठाउने कार्य लगायतका काम सम्पन्न भइरहेको छ । प्रदेश सरकारको २ करोड ४८ लाख रुपैयाँमा निर्माणाधीन यस मोटरेवल पुल विसं. २०७५ चैत १२ गते सम्झौता भएर काम अघि बढ्दै आएको छ । सम्झौता भएको मितिदेखि १८ महिनामा यस पुल सम्पन्न गरिसक्नुपर्ने भएपनि निर्धारित समयमा काम सम्पन्न हुन सकेको छैन् । विविध कारणले काममा ढिलाई भएपनि हालसम्म ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.