Fast Nepal News

मुख्यमन्त्री गुरुङद्धारा मिदिमखोला सडक पुलको शिलान्यास

banner single news

सुमित्रा भुजेल

फागुन १३,बेसीशहर ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला सडक पुलको शिलान्यास गर्नुभएको छ । गृह जिल्ला लमजुङ आउनुभएका मुख्यमन्त्री गुरुङले मंगलबार दिउसो मध्यनेपाल नगरपालिकाको वडा नं. ८ र ९ जोड्ने मिदिमखोला सडक पुलको शिलान्यास गर्नुभएको हो ।

देश विकासको लागि जनताको साथ महत्वपूर्ण हुने मुख्यमन्त्री गुरुङले बताउनुभएको छ । त्यस्तै, उहाँले भन्नुभयो, प्रदेश सरकारले २११ वटा मोटरेवल पुलहरु निर्माण गर्न लागेकोमध्ये हालसम्म ३४ वटा पुलहरु निर्माण सम्पन्न भइसेको र १७७ वटा बाँकी छन्, यस पुलहरु समेत आगामी तीन वर्षभित्र सम्पन्न गरिसक्ने उहाँको भनाई छ । प्रदेश सरकार देश विकासमा जुटेको र यसलाई साकार पार्नलाई जनताको ठुलो भूमिका रहने भएकाले विकास निर्माणमा सहयोग गर्नलाई आग्रह गर्नुभएको छ । त्यस्तै, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रलायका मन्त्री रामशरण बस्नेत, भूमि सम्बन्धि समाधान आयोग लमजुङका अध्यक्ष मोहनहरि पौडेल र यस नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले सरकार विकासमा ध्यान केन्द्रित हुँदै जनताको चाहना अनुरुप विकास गरिरहेको बताएका छन् ।

Inside Article Ads

मिदिमखोला मोटरेवल पुल २५२ दशमलव शून्य पाँच लम्बाई र ११ मिटर चौडाईको रहेको छ । यस पुल भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार विकास निर्देशानालयले निर्माण गर्न लागेको छ । यस कार्यालयका निर्देशक रामकमाुर श्रेष्ठले भन्नुभयो, ३६ करोड ३५ लाख ० हजार ४७ रुपैयाँ स्टमेट भएकोमा २९ करोड ९९ लाख २६ हजार ९६१ रुपैयाँ ६७ पैसामा लुम्बिनी पाकृतिक जेभी काठमाडौले ठेक्का पारेर निर्माण गर्न लागेको छ । यस पुल आगामी विसं.२०८० मंसिर १९ गतेभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको छ । त्यस्तै, मुख्यमन्त्री गुरुङले यस नगरकै वडा नं. ६ मा इशानेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गर्नुभएको छ ।

साढे एक करोड रुपैयाँमा आठ कोठाको भवन निर्माण हुने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस वर्ष ५० लाख बजेट आएको र अर्को वर्ष एक करोड आउने र भवन निर्माण सम्पन्न हुने विद्यालयका शिक्षक रामकृष्ण घिमिरेले बताउनुभयो । यस भवन निर्माण पश्चात् कृषि शिक्षा प्राविधिक संचालन अन्तर्गत बाली बिज्ञान विषयको पढाई ९ देखि कक्षा १२ सम्मको पढाई हुने उहाँको भनाई छ । उहाँका अनुसार यस वर्ष यस भवनको संचरना मात्र तयार हुनेछ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.