Fast Nepal News

विश्वकप छनोट मा नेपाल विजयी

banner single news

डायमण्ड जाेशी।

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे ।

समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो । त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ।

Inside Article Ads

त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.