Fast Nepal News

राइनासमा सम्पन्न प्रथम मेयर कप भलिबलको उपाधि वडा नं. ५ लाई

banner single news

मर्स्याङदी — वैशाख ९, २०७८।

राइनास नगरपालिका वडा स्तरिय प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ तिनपिप्लेले जितेको छ ।

राइनास ७ गरमबेसीमा स्थानिय नवकिरण युवा क्लबले आयोजना गरेको प्रतियोगिताको बुधवार भएको फाइनल खेलमा वडा नं. ६ धमिलिकुवा लाई हराउदै वडा नं. ५ तिनपिप्लेले मेयरकपको उपाधि जितेको हो । उपाधि विजेता तिनपिप्लेले प्रथम पुरस्कार नगद ३० हजार, कप र प्रमाणपत्र हात पारेको छ भने उपविजेता वडा नं. ६ धमिलिकुवाले द्धितिय पुरस्कार नगद २० हजार, कप र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा तेस्रो हुन सफल वडा नंं १० प्यारजुङलाई नगद १० हजार, कप र प्रमाणपत्र र वडा नं. ७ गरमबेसीलाई सान्तवना पुरस्कार नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि वडा नं. ५ का विशाल विकले पाएका छन् । उनलाई नगद ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

Inside Article Ads

विजयी समूह तथा खेलाडिलाई राइनास नगरपालिकाका नगरप्रमुख सिहंवहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । नवकिरण युवा क्लवका अध्यक्ष राजेश्वर चौलागाईको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रममा ७ का वडाअध्यक्ष माधवप्रसाद पराजुली, ५ का वडाअध्यक्ष नन्दवहादुर कुमाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सल्लाहाकार प्रकाश बावु देवकोटाले गर्नुभएको थियो ।

प्रगतिशिल महिला समूह, चम्पावती महिला समूह र हरियाली महिला समूहको सह आयोजनामा भएको प्रतियोगितामा वडा नं. १ र ४ बाहेक नगरपालिका अन्र्तगतका ८ वटा वडाको सहभागिता रहेको आयोजक क्लवका सल्लाहकार देवकोटाले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल बेस्ट अफ फाइभ र अन्य खेल बेस्ट अफ थ्रि मा खेलाइएको थियो भने प्रतियोगितामा प्रमुुख एम्पाएर नविन गुरुङ,  सहायक एम्पाएर जिवन गुरुङ र  गणेश गुरुङ रहनुभएको थियो ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.