Fast Nepal News

टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

banner single news

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।

लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा  गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।

टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो।

तेसो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।

चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४–२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो ।

यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो ।

च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पा¥यो । यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त ग¥यो ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।

Inside Article Ads

लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका थिए ।

तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०–७५ ले पराजित गर्यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२–१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२–१९ र तेस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१–५७ ले अघि थियो । चौथो क्वाटर १९–१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३–२१ ले हरायो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए ।

पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो ।

पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.