Fast Nepal News

आइसिसी विश्वकप लिग—२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी

banner single news

काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ ।

बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो ।

नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाउन सफल भए । उनले ९९ बलमा ७८ रनमा आउट भए ।

यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेल ३९ बलमा २३ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए । भीम सार्की २६ बलमा ११ रनमा आउट भए ।

Inside Article Ads

नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे। विक्रमजित सिंहलाई ३८ रन बनाए। ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई  विकेट लिए। यो जितसँगै नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.