Fast Nepal News

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

banner single news

काठमाडौं । हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६–७१ को अन्तरले पराजित गरेको छ ।

तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१–५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।

पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४–१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५–३४ को अग्रता बनायो ।

Inside Article Ads

तेस्रो क्वाटरमा दुवैले १६–१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६–२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात ग¥यो ।

टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.