Fast Nepal News

सशस्त्र प्रहरीबलको खेल मैदानमा नागार्जुन नगरपालिकाका बिधार्थीलाई तालिम दिईने

banner single news

काठमाण्डौं, नागर्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतद्वरा सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याल, ओलम्पिक कमिटीका उपाध्यक्ष श्री अशोक बज्राचार्य, पूर्व राष्ट्रिय खेलाडी धिरेन्द्र प्रधान र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री बसन्त तामाङसँग सशस्त्र प्रहरीबल महानिरीक्षकको कार्यकक्षमा यही अषाढ २६ गते भेट वार्ता भएको छ ।

 नागार्जुन नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका बिघार्थीहरुलाइ समेटेर राष्ट्रिय स्तरको फुटबल एकेडेमी गठनको अवधारणा निर्माणको सिलसिलामा उक्त भेट भएको थिग्रो । उक्त चौपक्षीय वार्तामा नागार्जुन नगरपालिकाका युवाहरूको विकास गर्ने, युवा शक्तिलाई सदुपयोग गरी राष्ट्रिस्तरको खेलाडी उत्पादन गर्ने र बिदाको समयमा उनीहरुलाई अन्य सामाजिक कार्यमा सहभागी गराउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रत्येक शनिबार सशस्त्र प्रहरीबलको खेल मैदानको सदुपयोग गरी खेलाडीलाई तालिम उपलब्ध गराउने र त्यसका लागि सशस्त्र प्रहरीबल, भेट्रान तथा एन्फाले प्राविधिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने कुरामा सहमत भएको छ ।

Inside Article Ads
Visited 28 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.