Fast Nepal News
Banner Below header

बार्सिलोना पहिलो खेलमै रोकियो

banner single news

काठमाडौं ─ २९ साउन २०७९

काठमाडौं, स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ । घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनी अग्रपंक्तिमा भने चुस्त देखिएन ।

Inside Article Ads

भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनी गोल भने हुन सकेन । बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यु गरे । यद्यपि, गोल बिहिन रहे ।  इजुरी समयमा कप्तान सर्जियो बुस्केट दोहोरो पहेलो कार्ड पाउदै मैदान छाड्न बाध्य भए ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.