Fast Nepal News

साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो

banner single news

काठमाडौं ─ १८ साउन २०७९

काठमाडौं, लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे । यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

Inside Article Ads

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि आजै भएको पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो । जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.