Fast Nepal News

विराटनगरमाथि ललितपुरको ईपीएलकै ठूलो स्कोर प्रहार

banner single news

काठमाडौँ — १५ असोज २०७८

काठमाडौँ , ललितपुर प्याट्रियट्सले बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार विराटनगर वारियर्सलाई २ सय २७ रनको लक्ष्य दिएको छ । सन्दुन विराकोडी र कप्तान कुशल भुर्तेलले सानदार सुरुआत दिलाएपछि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २६ रन बनाएको हो । अजमतुल्लाह ओमारजाइले ईपीएल इतिहासकै सबैभन्दा कम बल खेलेर अर्धशतक बनाएपछि ललितपुरले सबैभन्दा ठूलो स्कोरको कीर्तिमान पनि बनाएको हो । २१ बलमै अर्धशतक बनाएका उनले कुल २४ बल खेलेर ७ छक्का प्रहार गर्दै अविजित ५८ रन बनाए । विराकोडी र कुशलले पावरप्लेका ६ ओभरमा ७० रन जोडेर विराटनगरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । छैटौं ओभरको अन्तिम बलमा आउट हुनुपूर्व कुशलले १७ बल खेली ४ चौका र २ छक्कासहित ३२ रन बनाए ।

योगेन्द्रसिंह कार्कीले १ चौका र ३ छक्का प्रहार गर्दै १८ बलमा २७ रन जाडे । उत्कृष्ट फर्ममा रहेका श्रीलंकाली खेलाडी विराकोडीले ४३ बल खेली १० चौका र ३ छक्कासहित ७३ रन बनाए । पवन सर्राफ २ र प्रतियोगितामा पहिलो खेल खेलिरहेका जयकिशन कोस्लावाला १३ रनमा आउट भए । इनिङ्सको अन्तिम तीन बलमा रामनरेश गिरीलाई छक्का प्रहार गरेका नारायण जोशी ४ बलमा १८ रन बनाई अविजित रहे । दुवै टोलीलाई प्लेअफमा पुग्न यो खेल जित्नै पर्छ । ललितपुर पराजित भए आधिकारिक रूपमै प्रतियोगिताबाटै बाहिरिनेछ । ललितपुरले पहिलो ३ खेलबाट १ अंकमात्र जोड्न सकेको छ । अघिल्लो दिन टोलीले भैरहवासँगको खेल ‘टाई’ मा टुंग्याएको थियो । विराटनगरले पनि पहिलो दुवै खेल हारिसकेको छ ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.