Fast Nepal News

११ खेलाडी छनोट

banner single news

काठमाडौँ — २३ भाद्र २०७८

काठमाडौँ , नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी मंगलबार छनोट भएका छन् । दक्षिण कोरियाको हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।

एब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरकी सन्ध्या लामा, गोदावरी इन्टरनेसनलकी रोशनी सिलवाल, नेपाल प्रहरीकी पार्वती गुरुङ, एब्सुलुटका सुभन गुरुङ, मूलपानीका भिजन तामा, गोदावरीका सृजल श्रेष्ठ, प्रहरीका कमल श्रेष्ठ, मूलपानीका मधुसुदन सापकोटा, नेपालगन्जका राजेन्द्रबहादुर आले र स्युचाटारका राम गोले छनोट भए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.