
काठमाडौँ — २० भाद्र २०७८
काठमाडौँ , मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोको पुरुष एकल १२–१४ वर्षमा स्वर्ण पदक जितेका छन् । शनिबार उनले ६.०४ अंक जोडेर गोदावरी इन्टरनेसनलका साइरस थापालाई (५.९९ अंक) लाई पछाडि पारे । मूलपानीका महेश आङथापु र सुपरस्टारका कृश पाण्डे तेस्रो बने । दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक) ले स्वर्ण तथा चन्द्रसूर्यका यज्ञ राई र हिमाला अधिकारी (६.११ अंक) ले रजत जिते ।
नेपाल टाइगरका मन्दीप राई र मनीषा पराजुली तथा चन्द्रसूर्यका अरुण तिवारी र सोनी शेर्पा तेस्रो भए ।पेयरतर्फ १८–३५ वर्षमा १३ औं सागका कांस्य विजेता जितबहादुर बोटे र स्वर्णधारी पार्वती गुरुङ विजेता भए । नेपाल प्रहरीका उनीहरूले ७.२३ अंक जोडे । ७.१४ अंकसाथ १३ औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औं सागका कांस्य विजेता अस्मिन राउतको जोडी दोस्रो भयो । १३ औं सागका स्वर्ण विजेताद्वय आर्मीका आयशा शाक्य र सन्जिवकुमार ओझा तथा १३ औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङको जोडीले तेस्रो स्थानमा रहे ।
( कान्तिपुर दैनिक )
