Fast Nepal News

ब्राजिल र अर्जेन्टिनाको सजिलो जित

banner single news

मोन्टेभिडियो —  १८ भाद्र २०७८

मोन्टेभिडियो, दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले हरायो । त्यसमा एभरटन रिबेरोले निर्णायक गोल गरे । ब्राजिलको सात खेलबाट अधिकतम २१ अंक छ । यस्तै भेनेजुएलालाई ३-१ गोलले पराजित गर्दै अर्जेन्टिना १५ अंकसाथ दोस्रो स्थानमा छ । 

अर्जेन्टिनाको जितमा लउटारो मार्टिनेजले पहिलो हाफमा पहिलो गोल गरेयता जोक्विन कोरेरा र एन्जेल कोरेराले एक–एक गोल थपे । भेनेजुएलाका तर्फबाट खेलको अन्त्यतिर एफरसन सोटेल्डोल पेनाल्टीबाट सान्त्वना गोल फर्काए । यस्तै पेरु र उरुग्वेले १–१ को बराबरी खेले । यसअघि इक्वेडरले पाराग्वेलाई २–० ले हराएको थियो भने बोलिभिया र कोलम्बियाले १–१ को बराबरी खेलेका थिए । 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.