Fast Nepal News

पारा ओलम्पिक : पहिलो खेल हारे पनि पलेशाले कांस्यका लागि प्रतिस्पर्धा गर्ने

banner single news

काठमाडौँ —  १८ भाद्र २०७८

काठमाडौँ , टोकियो पारा ओलम्पिकमा तेक्वान्दोबाट प्रतिस्पर्धा गरेकी पलेशा गोवर्धनले पहिलो खेलमै पराजय भोगेकी छन् । के४४ विधाअन्तर्गत ५८ केजीमुनि तौलसमूहमा उनी ग्रेट ब्रिटेनकी बेथ मुनरोसाग २१–८ अंकको अन्तरले पराजित भएकी हुन् । उनले तीनै राउन्डमा मुनरोमाथि चुनौती पेस गर्न सकिनन् ।हारसँगै स्वर्ण र रजतको सम्भावना सकिए पनि उनले कांस्यका लागि प्रतिस्पर्धा गर्न पाउनेछिन् । ‘रिपिचेज’ व्यवस्थाअनुसार हार्नेहरूबीचको प्रतिस्पर्धाबाट कांस्य पदकको छिनोफानो गरिनेछ ।

Inside Article Ads
उनले ‘रिपिचेज’को क्वार्टरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारासँग खेल्नुपर्नेछ । यो खेल आज दिउँसो सवा २ बजे हुनेछ । रिपिचेजको सेमिफाइनल र फाइनलमा समेत जित हासिल गरे कांस्य प्राप्त हुनेछ । पारा ओलम्पिकको आज दसौं दिन हो । पहिलोपल्ट पारा ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोको स्पर्धा भने बिहीबार सुरु भएको हो । पलेशाको तौलसमूहका सबै खेल आजै सम्पन्न हुनेछन् ।सन् २०१६ देखि पारा तेक्वान्दो राष्ट्रिय टोलीमा परेकी काठमाडौंकी पलेशाले ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिइसकेकी छन् । उनी एसियन पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता पनि हुन् । नेपालबाट टोकियो पारा ओलम्पिकमा सहभागी उनी एकमात्र खेलाडी हुन् ।   

( कान्तिपुर दैनिक )

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.