Fast Nepal News

जोकोभिच पुगे दोस्रो चरणमा

banner single news

न्युयोर्क — १६ भाद्र २०७८

न्युयोर्क , विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले बुधबार यूएस ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन् । उनले यसका लागि होल्गर रुनेलाई चार सेटको खेलमा ६–१, ६–७, ६–२ र ६–१ ले हराए ।जोकोभिच यस वर्ष चार ग्रान्ड स्लाम जित्ने अभियानमा छन् ।   

यूएस ओपन उनले यस वर्ष जित्न बाँकी अन्तिम ग्रान्ड स्लाम हो । यसअघि उनले अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् ।यसअघि महिलातर्फकी विश्व नम्बर १ खेलाडी एस्ली बार्टीले रुसकी भेरा भोनोरेभालाई पराजित गरिन् । उनले दोस्रो चरण प्रवेशका लागि ६–१ र ७–६ को जित निकालिन् ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.