Fast Nepal News

आर्सनलमाथि सिटी हाबी

banner single news

म्यानचेस्टर — १३ भाद्र २०७८

म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ५–० ले पराजित गरेको छ । आर्सनलको सन् १९५४ यताको यो सबैभन्दा खराब सुरुआत हो । सिजनको पहिलो तीन प्रिमियर लिग खेल हारेको आर्सनलले त्यसमा कुनै गोल गरेको छैन । यसले आर्सनलका व्यवस्थापक मिकेल अर्टेटामाथि ठूलो दबाब तेर्स्याएको थियो । सिटीका पूर्वसहायक व्यवस्थापक अर्टेटाले सशक्त आक्रामक भएको टोलीविरुद्ध ‘ब्याक थ्री’ खेलाउने निर्णय महँगो परेको थियो । टोटेनहमका कप्तान ह्यारी केन र युभेन्ट्सबाट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन असफल भए पनि सिटीले उपाधि रक्षाका लागि आफ्नो बलियो दाबेदारिता देखाएको छ ।

इल्काय गुन्डोगनले सातौं मिनेटमा खोलेको सिटीको खातामा फेरान टोरेजले १२ औं मिनेटमा दोस्रो गोल थपे । जाओ क्यान्सेलोमाथि दुवै खुट्टाले ट्याकल गरेपछि ग्रान्ट साकालाई ३५ औं मिनेटमा सिधा रातो कार्ड दिइएको थियो । आर्सनलमा छैटौं वर्ष खेलिरहेका उनले क्लब फुटबलमा १२ औं पटक रातो कार्ड पाएका हुन् । मध्यान्तरपूर्व सिटीबाट ग्याब्रियल जेससले तेस्रो गोल गरे । दोस्रो हाफमा रोड्रिगो र टोरेजले गोल थपे ।प्रिसिजनदेखि सिटी मैदानबाहिर बढी चर्चामा रहिरह्यो । ज्याक ग्रेलिसलाई १० करोड पाउन्डमा एस्टन भिल्लाबाट लिए पनि केनलाई सिटीसँग जोडेर धेरै हेरिएको थियो । तर, सिटीले लिन नसकेका इंग्ल्यान्डका कप्तान केन यो सिजन टोटेनहममै रहने जनाइसकेका छन् । अर्को सनसनी चर्चा रोनाल्डो इतिहाद आउने कारण भएको थियो ।

तर अघिल्लो दिन रोनाल्डो पनि सिटीको सहरी प्रतिद्वन्द्वी युनाइटेड फर्किसकेका छन् ।केभिन डी ब्रुयन र रहिम स्टर्लिङ घाइते रहेको अवस्थामा रियाद महारेजलाई बेन्चमा राखे पनि पेप ग्वार्डिओलासँग बलियो अग्रपंक्ति रहेको थियो । जबकि अर्टेटाले प्रिसिजनमा नयाँ खेलाडी किन्न १३ करोड पाउन्ड खर्च गरिसकेका छन् । नयाँ अनुबन्धित मार्टिन ओडगार्डलाई उनले पहिलो रोजाइमा उतारेका थिए भने आरोन राम्सडेल, नुनो टाभारेज र अल्बर्ट साम्बी लोकोन्गालाई बेञ्चमा राखेका थिए । ५ करोड पाउन्डमा ल्याइएका बेनह्वाइट कोभिड–१९ का कारण आर्सनल टोलीबाहिर थिए । अर्टेटाको ‘ब्याक थ्री’ सिड कोलासिनक, रोब होल्डिङ र कालुम चेम्बर्सको रक्षापंक्तिलाई गुन्डोगनले सातौं मिनेटमा हेड गोल गर्दै भत्काइदिएका थिए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.