Fast Nepal News

सन्दीप हरिकेन्समै

banner single news

काठमाडौँ — ११ भाद्र २०७८

काठमाडौँ, नेपाली स्टार सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिगमा होबर्ट हरिकेन्ससँगको सम्झौता नवीकरण गरेका छन् । डिसेम्बर ५ मा सुरु हुने बिग बासको नयाँ सिजनमा सन्दीप पूरै उपलब्ध हुने हरिकेन्सले जनाएको छ । हरिकेन्सले डिसेम्बर ७ मा सिड्नी सिक्सरविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । गत सिजन लेग स्पिनर सन्दीपले ८ खेलमा ८ विकेट लिएका थिए । बिग बासको ११ औं संस्करणका लागि सन्दीप पूरै उपलब्ध हुने भएपछि हरिकेन्स उत्साहित बनेको छ । हरिकेन्सले यस सिजनका लागि अनुबन्ध गरेका सन्दीप पहिलो विदेशी खेलाडी हुन् । सम्झौता रकम भने दुवै पक्षबाट खुलाइएको छैन ।

हरिकेन्सबाट यस सिजनमा स्कट बोल्यान्ड, टिम डेविड, नाथन इलिस, पिटर ह्यान्ड्सकोम्ब, कालेब जेबेल, जोस कान, बेन म्याकडर्मट, रिले मेरेडिथ, मिच ओवेन, जोइल पेरिस, विल पार्कर, डी’आर्सी सर्ट, म्याथ्यु वेड र म्याक राइटले खेल्दैछन् । बिग बासमा सन्दीपको यो चौथो सिजन हुनेछ । २०१८ र २०१९ मा उनले मेलबर्न स्टार्सबाट खेल्दै क्रमशः ११ र १५ विकेट लिएका थिए ।‘म अस्ट्रेलिया फर्कने प्रतीक्षामा छु र यस वर्ष पुनः हरिकेन्सबाट खेल्नेछु,’ सन्दीपले हरिकेन्सको विज्ञप्तिमा भनेका छन्, ‘गत सिजन मैले हरिकेन्सबाट खेल्दा निकै आनन्द महसुस गरेको थिएँ, यस वर्ष हुने प्रतियोगितामा पूरै खेललाई उपलब्ध हुने हुँदा म निकै उत्साही छु ।’ पूरै सिजन खेल्ने भएकाले बलियो प्रदर्शन देखाउँदै टिमलाई सफलता दिलाउन आफ्नो प्रयास हुने सन्दीपले जनाएका छन् ।

Inside Article Ads
सन्दीप अहिले नेपाली राष्ट्रिय टोलीसँगै ओमानमा छन् । नेपालले सेप्टेम्बर १३ देखि २० सम्म हुने विश्वकप छनोटको आधार रहेको विश्वकप लिग २ मा ओमान र अमेरिकासँग खेल्नेछन् । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ । सन्दीपले इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिगलगायतको फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएका छन् । तर राष्ट्रिय टोलीबाट ओमान जानुपरेकाले उनले सीपीएल गुमाएका थिए ।उनले जनवरी २६ मा हरिकेन्सबाटै पछिल्लो पटक खेलेयता कुनै फ्रेन्चाइज लिग खेलेका छैनन् । तर विभिन्न कारणले गर्दा उनले पीएसएलसहित इंग्ल्यान्डको भाइटालिटी ब्लास्ट र द हन्ड्रेड गुमाउन पुगेका थिए । सन्दीपले मान्यताप्राप्त १ सय १ ट्वान्टी–२० खेलमा १ सय ३८ विकेट लिएका छन् ।  

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.