
लन्डन — १० भाद्र २०७८
लन्डन , अमेरिकी खेलाडी सेरेना विलियम्सले चोटका कारण यूएस ओपन गुमाउने भएकी छन् । अर्को साता लन्डनमा सुरु हुने यूएस ओपन कीर्तिमानी खेलाडी सेरेनाले ह्याम्स्ट्रिङ चोटका कारण नखेल्ने निर्णय गरेकी हुन् ।इन्स्टाग्राम पेजमार्फत सेरेनाले चोटका कारण यूएस ओपन नखेल्ने बताइन् ।
२३ ग्रान्ड स्लाम विजेता ३९ वर्षीया सेरेनाले भनिन्, ‘चिकित्सक टिमको सल्लाहअनुसार चोटबाट पूर्ण निको हुनका लागि यूएस ओपनबाट बाहिरिने निर्णय गरेको छु ।’सेप्टेम्बरमा ४० वर्ष पुग्ने सेरेनाको लक्ष्य मार्गरेट कोर्टको २४ ग्रान्ड स्लाम कीर्तिमान तोड्ने छ । तर उनलाई पछिल्लो समय चोटले सताइरहेको छ । उनले १९९९ मा पहिलो ग्रान्ड स्लामका रूपमा यूएस ओपन जितेकी थिइन् ।
( कान्तिपुर दैनिक )
