
किंग्सटन — ९ भाद्र २०७८
किंग्सटन, पाकिस्तानले दोस्रो तथा अन्तिम टेस्टमा मंगलबार वेस्ट इन्डिजलाई १ सय ९ रनले हराएको छ । यस नतिजापछि दुई टेस्टको सिरिज १–१ को बराबरीमा सकिएको छ । ३ सय २९ रनको कठिन चुनौती पछ्याएको वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भयो ।
जेसन होल्डरले बनाएको ४७ रन नै पाहुना टिमका लागि सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो ।पाकिस्तानका लागि साहिन अफ्रिदीले कसिलो बलिङ गर्दै ४३ रन दिएर चार विकेट लिए । उनी म्यान अफ द म्याच पनि रहे । उनले समग्रमा यो टेस्टमा १० विकेट लिए ।
( कान्तिपुर दैनिक )
