
लन्डन — ८ भाद्र २०७८
लन्डन, आर्सनल समर्थकलाई इमान्दारितापूर्वक भन्न गाह्रै छ, क्लबमा के भइरहेको छ । र, यो नै सत्य हो । आर्सनल इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग सजिलै २–० ले पराजित भएको छ । रोमेलु लुकालु आफ्नो लन्डन प्रतिद्वन्द्वीमाथि साह्रै भारी परेको छ ।समर्थकबाट यस्तै प्रतिक्रिया आउँदो हो । यही बेला आर्सनल जसरी पराजित रह्यो, त्यसको गम्भीर विश्लेषण गर्ने हो भने चारैतर्फ कमजोरी देखा पर्छ । स्तरीयताका आधारमा आर्सनल फितलो नै छ ।खेलका क्रममा आर्सनलका ११ खेलाडीले एकपछि अर्को समान भुल गरिरहेका थिए । यिनै ११ खेलाडीमात्र यस्ता थिए, जसले आर्सनल कहाँनिर कमजोर छ, त्यो देखिरहेको थिएन । चेल्सीले आर्सनलमाथि आइतबारको खेलमा जे जस्तो गरेको छ, त्यस्तै पारा यो सिजन अन्य क्लबमाथि पनि दोहाोर्याउने छ । अहिलेसम्म लिग उपाधि होडमा चार टिम देखापरेका छन् । त्यसमध्ये चेल्सी नै त्यस्तो टिम छ, जसको अधिकांश क्षेत्र बलियो छ ।
चेल्सीको खेल निकै तीव्र छ । पखेटा फिँजाएर यो टिमले आक्रमण गर्ने गर्छ । मध्यपंक्तिले बल अगाडि बढाएर रोमेलु लुकाकुसम्म पुग्दा स्थिति विपक्षी टिमका लागि निकै घातक साबित भइसक्छ । आर्सनलविरुद्ध चेल्सीले दोस्रो हाफमा त्यस्तै गतिले खेल्न सकेन । अबका खेलमा पनि खेल्न सक्ने छैन । तर यसका लागि प्रशिक्षक थोमस टचेलसँग उपाय छ । मैदानमा एन’गोलो कान्टे र हाकिम जिएच उत्रनेछन् । खेललाई हल्का सुस्त नै सही तर चलायमान बनाउनेछन् ।गम्भीर भएर भन्नैपर्छ, चेल्सी निकै बलियो देखिएको छ । तर यहाँनिर अर्को सत्य के छ भने यो सिजन चेल्सीलाई सधैं सजिलो हुने छैन । किनभने सबै प्रतिद्वन्द्वी आर्सनल पनि त हुँदैनन् । मिकेल आर्टेटाले तय गरेको ४–२–३–१ को रणनीतिले रिउस जेम्सजस्ता खेलाडीलाई मैदानको आधा भागबाट सजिलै अगाडि बढ्न रोक्नसमेत सकेन । पूर्णतः चार खेलाडीको डिफेन्सलाई मात्र दोष दिनुहुन्न । पूरा टिम दोषी देखिन्छ ।
(कान्तिपुर दैनिक)
