Fast Nepal News

बार्सिलोना बिलबाओसँग बराबरीमा रोकियो

banner single news

म्याड्रिड —  ६ भाद्र २०७८

म्याड्रिड, बार्सिलोना शनिबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । मेम्फिस डेपेको गोलमा बार्सिलोनाले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेलेको हो । बिलबाओले इनिगो मार्टिनेजको गोलमा अग्रता लिएको थियो ।बार्सिलोना दुई खेलबाट चार अंक जुटाउँदै शीर्ष स्थानमा पुगेको छ ।

इन्जुरी समयमा एरिक गार्सियालाई रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।लिगका शनिबार भएका अन्य खेलमा मालोर्कोले एलाभेसलाई १–० ले हरायो भने एस्पान्योल र भिल्लारियलले गोलरहित बराबरी खेले । यस्तै ग्रेनेडा र भ्यालेन्सियाको खेल १–१ को बराबरीमा रह्यो ।   

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.